देशभर प्रदर्शन भयो कबड्डी – द फाइनल म्याच

काठमाडौँ – रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी – द फाइनल म्याच’ शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको छ।

दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, माओत्से गुरुङ, उपेन्द्र सुब्बा, बिजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्र देशभरका ९० भन्दा धेरै हलमा प्रदर्शन भईरहेको छ।

चलचित्रले प्रदर्शन अगाडि नै डिजिटल अधिकारको बिक्री, ब्रान्डिङ तथा डायस्पोरामा फिल्म बेचेवापत ५ करोड हाराहारी कमाइ गरिसकेको छ।

यो चलचित्रमा सुस्मा गुरुङ, विशाल गुरुङ, मधु मिजार, मनिराम पाख्रेल, ओम चन्द रौनियारको लगानी छ। चलचित्रको कथा उपेन्द्र सुब्बा र राम बाबु गुरुङले लेखेका हुन्।

जेठ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्