शोले चलचित्रको नाम बेच्नेलाई २५ लाख जरिवाना

भारतीय चलचित्रको इतिहासमा छुट्टै छाप छोड्न सफल चलचित्र हो शोले। यसको महत्व भारतीय चलचित्र क्षेत्रमा छुट्टै छ। यही महत्वलाई ध्यानमा राखेर दिल्लीको उच्च अदालतले शोले चलचित्रको नामबाट आफ्नो व्यापार सञ्चालन गर्ने एक व्यक्तिलाई २५ लाख रुपैयाँ जरिवाना गरेको छ।

यी व्यक्तिको विरुद्ध शोलेका निर्माताहरुले मुद्दा दायर गरेका थिए।

शोले चलचित्रका निर्माताहरुले एक व्यापारीले चलचित्रको नामलाई प्रयोग गरी शोलेको नामलाई डोमेन नाममा रजिस्टर गराएको, शोलेको नामबाट म्यागेजिन प्रकाशन भएको र चलचित्रको नस्बिरवाजा सामान विक्रि गरको भन्दे मुद्दा दायर गरेका थिए।

अदालतले उक्त मुद्दाको सुनवाई गर्दै निर्णयमा भनेका छन्। शोले आइकोनिक चलचित्र हो यसलाई सुरक्षित राख्न र यसको नामको गलत प्रयोग रोक्न जरुरी रहेको छ।

यो शिर्षक आम शब्द जसरी प्रयोग गर्न नहुने भएकोले व्यापारीले शोले चलचित्रका निर्माताहरुलाई, शोले मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि र सिम्पी फिल्म्स प्रा.लिलाई २५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने अदालतले बताएको छ। अदालतले प्रतिवादी पक्षलाई ३ महिनाको समयमा दिएको छ।

जेठ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्