ओप्पोकाे रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सेलेटरको घोषणा

काठमाडौँ– ओप्पोले, ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सेलेटरको घोषणा गरेको छ।

यस ईनोभेसन एकसेलेटरको लागि ओप्पो रिसर्च ईन्स्टिच्युट माईक्रोसफ्ट फोर स्टार्टअपका रुपमा सहकार्य गर्ने कम्पनीले बताएको छ।‘भर्टुअस ईनोभेसन’ को विषयवस्तुमा केन्द्रित,ओप्पोले पहुँचयोग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईवटा प्रस्तावहरुको आह्वान गरेको छ।

सहभागी टोली वा व्यक्तिद्वारा पेस गरिएका प्रस्तावहरुको मुल्याङ्कन पछि दसवटा सम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६,००० डलरको अनुदान प्रदान गरिने र लगानीका अवसरहरु, प्राविधिक सहयोग, अनुसन्धान, व्यावसायिक साझेदारी र विश्वव्यापी रुपमा प्रस्तुतिका लागि थप अवसरहरु प्रदान गरिने कम्पनीले बताएको छ।

ओप्पो अनुसन्धान संस्थानका उपाध्यक्ष प्रमुख लेभिन लिउले भने, ‘ओप्पोले भर्टुअस ईनोभेसन’ को धारणामा गहिरो विश्वास गर्छ। हामीले नयाँ प्रविधि पत्ता लगाउन खोज्दा, मानिसहरुलाई पहिलो स्थान दिन्छौँ र प्रविधिको माध्यमबाट मानिसहरुले सामना गरिरहेका केही ठूला समस्याहरु समाधान गर्ने प्रयास गरिरहेका छौँ ताकि हामी सबैका लागि राम्रो सँसार श्रृजना गर्न सकौँ” जनसङ्ख्या वृद्वि, कमजोर जनस्वास्थ्य र दिनप्रतिदिन बढ्दो डिजिटल विभाजन जस्ता विश्वव्यापी समस्याहरुको गम्भीरतासँगै हामीले प्राविधिक शक्ति प्रयोग गरेर यी समस्याहरु समाधान गर्न समान विचारधाराका अविष्कारहरुलाई सशक्त बनाउन ईनोभेसन एक्सेलेटर शुरु गरेका छोँ।’

अनुदान र प्राविधिक सहयोगको उद्देश्य प्रतिभाशाली उद्यमीहरुलाई उनीहरुको भिजन लाई साकार गर्न २०२२ ईनोभेसन एक्सेलेटरले मे ८, २००२ देखि अनलाईन आवेदनहरु खोलिसकेको र तीन महिनाको प्रारम्भिक मूल्याङ्कन र डेमो ड,े रोड शो पछि घोषणा गरिने बताइएको छ।

जेठ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्