कान्तिपुर हाफ म्याराथन अर्को शनिबार

काठमाडौँ- १० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ ।

कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो । प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पाेरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो ।

हाफ म्याराथनको महिला पुरुष विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रोले ३० हजार पाउने छन । चौंथोले २० हजार र पाँचौंले १० हजार पाउनेछन् । कर्पोरेटको विजेताले पोखरामा २ रात र ३ दिन घुम्ने प्याकेज उपलब्ध गराईनेछ । उपविजेताले नगरकोटमा १ रात र तेस्रोले माउन्टेन फ्लाइटको प्याकेज पाउने छन । ह्वीलचेयरको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।

हाफ म्याराथन कान्तिपुर पब्लिकेशन्सको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भई माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, गठ्ठाघर, सानोठिमी, सल्लाघारी पुगेर सोही रुटमा फर्कदै बिजनेस पार्कमा समापन हुनेछ । कोभिड–१९ को कारण दुई वर्षपछि आयोजना हुन लागेको हो । यस पटकको प्रतियोगिताको मुख्य नारा जलवायु परिवर्तन रहेको छ  ।

जेठ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्