बालेनसहित स्वतन्त्र उम्मेदवारहरूको जितको खुसियालीमा अर्घाखाँचीमा दिप प्रज्वलन

अर्घाखाँची – स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवाहरूले जितेको खुसीयालीमा अर्घाखाँचीमा दिप प्रज्वलन गरिएको छ।

काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहलाई निर्वाचन आयोगले बिजेता घोषणा गरेकै दिन अर्घाखाँचीको बल्कोटमा पनि दिपावली गरिएको हो।

‘हामीले खुसीयालीमा दिपावलीमात्र होइन सफल कार्यकालको कामनाको लागि प्रार्थना गरेका छौँ।’

स्थानीय युवा पशुपति पाण्डेले भने ‘उहाँहरुप्रति युवाहरुको आशा र भविश्य जोडिएको छ। उहाँहरुको डेलीभरीमा हाम्रो भविश्य जोडिएकोले सफल कार्यकालको कामनाका लागि प्रार्थना गरेका हौँ।’

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्