फरक धारको भविष्य निर्माणमा ‘बालेन र लौरोहरू’

तराई मूलका बालेन शाहलाई काठमाडौँ महानगरपालिकाका वासिन्दाले नगर प्रमुख पदमा अत्यधिक मत दिएर अङ्कमाल गरेका छन्। चुनावको मुखमा जातको झुसिलो ढकार ओकलेका ‘स्थापित’ केशवहरूलाई जातमाथि हातपात गरेको बात लगाइदिए भने सुनिता डङ्गोललाई जिताउन पनि चुकेनन्।

उता वीरगञ्जमा राजेशमान सिंहलाई विजयी गराए। धरानमा हर्क साम्पाङको विजय भयो। दलभित्र मौलाएको नातागोताका खम्वा र स्वार्थी हिस्सा भाँचिए। विकल्पको खोजी मुखरित भयो। जनताले ‘स्वतन्त्र’ बाटो रोज्न सक्ने चुनौति दिए।

जनता सार्वभौम छ। निष्ठामा बाँच्न मन पराउँछ। जातको काउछो हुर्केको फल हेर्न चाहँदैन। विसंगतीलाई ‘स्वतन्त्र’ रहेर शान्तिका आवाज बोल्न र दवाव दिन सक्छ।

हालै सम्पन्न स्थानीय निर्वाचनका केही परिणामहरूले समाजमा कट्कटिएको भाष्य (न्यारेटीभ) र मान्यता (डीस्कोर्स) बदल्न मतदाताले खुला दबाव दिएको प्रतीत हुन्छ। ‘स्वतन्त्र’ उमेदवारहरूको विजयलेशान्तिको माध्यमबाट पनि परिवर्तन सम्भव छ भन्ने सन्देश दिएको छ।

विगतमा सत्ता र जङ्गल पसेर ‘बन्दुकको नालबाट शक्ति’ निकालेका अघोरी मुर्कट्टाहरू, सरकारहरूका प्रतिनिधि पात्र र स्वार्थको ‘गठवन्धन’ विचलित छ यतिखेर।

जनता बलवान् छन्। नेपाली जनताले प्रजातन्त्र ल्याए। प्रजातन्त्रको ‘लेन’ छाडनेहरूलाई दनक दिन बालेनहरूलाई जिताउन पनि सकिन्छ भन्ने सन्देश दिएका छन्।

जनता जहिले पनि हिंसा विरोधि हुन्छ र रहन्छ तर मानिसको रूपमा जन्मेका खटाराहरूले हिंसा गर्न बाध्य गराउँछन्। हिंसाको ‘प्रचण्डपथ’ सत्ताको युरियाले हस्केर कुहिन सक्छस तुहिन सक्छ तर जनमत र शान्तिको इट्टा थपेर बनाइने ‘लेन’हरूमा स्वतन्त्र बालेनहरू पनि उदाउन सक्छन्। सन्देश यो पनि होर?

हिंसाको रापले समाजको शान्ति पोलेकाहरू डडोलोको ताप र गन्ध नआउला भनेर ‘नेपाली समाज विचलन तिर गएको’ भ्रम पस्किन थालेका छन्। बालेनहरूको ‘भिक्ट्री परेड’मा सपना बिक्री गर्न प्रतिवन्धित भएका ‘पराजित’हरू अझ उच्छृङ्खल बन्न सक्ने छन्। यस अर्थमा उर्लदो आशालाई असहयोगका ‘तीर’ले घायल बनाउन सक्ने सम्भावना पनि छ। यदी स्वतन्त्र बालेनहरू सहजै पराजित हुन तयार छन् भने।

‘नागरिक अगुवा’हरुले बिसौँ वर्षदेखि बाटोमा हुर्केको रूखले बाटो छेक्यो भनेर बालेनले जितेकै दिन सामाजिक सञ्जालमा पोष्ट्याएको देख्ने समाजले कमजोरी बालेनहरूको हो कि अगुवाहरूको, त्यो पनि नागरिक तहबाट पहिचान गर्न सक्नुपर्छ। गायक बालेन अब राजनीतिको घेराबन्दीमा परेका छन्।

हिजो बालेनहरूले जित्न सक्दैन भन्नेहरू अहिले दलको बल नभएको, दरवारिया दूत, पश्चिमाका मसीहा, हिन्दुत्वको अंश, कालो चस्माले अनुहार लुकाएका विशेषण थपेर आलोचनामा हौसिएका छन्। बाजिमाथि बाजी ठोकिरहेका छन्। मानिस ‘कान छाम्न छाडेर काग खोज्न हिँड्ने’ विवेकहीन जमात पनि हो।

वास्तवमा राजनीतिका बा भन्नेहरूको हैसियत भित्तै लाग्ने गरी ‘स्वतन्त्र’लाई अगाडि ल्याउने काम साहसिक जनताले गरेका छन्। यस मानेमा बालेनहरू निराशाको निशानाले आशा बन्न सकेका विजयी पात्र हुन्।

राजनीति न हो, नजिर यस्तो पनि छ। नानीमैया दाहाल पनि विजयी भएकै हुन् यही राजधानी काठमाडौँमा। अनि सन्त नेता कृष्णप्रसाद भट्टराईको हारमा लड्डू बाँढनेहरू पनि काठमाडाैँका नगरवासी हुन्। तर नानीमैयाँको निराशामा आशाको कोपिलै थिएन। धेरै ‘सन्त’ हुँदा दलको बल र भेल पनि घातक भयो ‘किसुनजी’हरूलाई? त्यसैले साम, दाम, दण्ड, भेदलाई कार्यसम्पादनको लौरो (छडी) बनाउने ‘इमेज’ले बालेनहरूको आकृति बनेको रहेनछ भने नेपाली जनता फेरी एक पटक पराजित हुन तयार रहे हुन्छ।

राजधानीमा नानीमैयाँर सन्तहरूमात्रै बस्दैनन्। कौरव र पाण्डवहरू पनि छन्। शकुनीका चाल, खाल र पासा पनि यहीँ हानिन्छन्। सेता घरमा कालो धनस सूनको थालमा गुलाफको व्यापार र चक्कुको धक्कु पनि अपारै हुने गर्छ काठमाडाौँमा, गरिबी रित्तो कसौँडी हेरेर भाउन्न हुन्छ। अमिर लुटन नपाएर बर्बराउँछ। शासनमा धमिराको वास छस खग्राख पनि सजिलै प्वाल पारिदिन्छ। विदेशी दूतका देवदूतहरू पनि यतै टहलिएका छन्। चल्ला शिकार गर्न चील र ब्वाँसाहरूको घेरावन्दी पनि नजिकै आएको छ। कुख्यातहरूको नियतले नेपालीको दुःखलाई नियति बनाउँदै छ। सबैका दाउमा बालेनहरूलाई ‘नायक’को छक्का नै पल्टिन्छ भन्न सकिँदैन।

बालेनले जितिरहँदा काठमाडौँको शासक र कुलिन बर्गलाई चुलिँदो फोहरको चाङले पुर्दै लगेको छ। फोहरको डङ्गुरलाई त्यो वर्गले सडकमा देख्दैन। फोहरको डङ्गुरले बिग्रँदो राजनीति, मान्यता, समाज र पर्यावरणको प्रतिविम्व भएर चुनौती दिँदैछ। मोनोरेलको सपना बेचेर पाँच वर्ष विताएका विद्यासुन्दरले बालेनलाई सडक भरी फोहर उपहार छाडेर गए। विकृतिको चाङ घटाउन शून्यवाट संघर्ष गर्नुपर्ने स्थिति छ।

मुलतः बालेन के हुन्, के होइन भन्रु अड्कलबाजी सलबलाएको छ तर तथ्य भेटिएको छैन्। बालेनलाई जनताले ‘आशा’ मानेका छन् भने कोटरीका खिचडीवालाहरूले जे पनि देखेका छन् भनिदिएका छन्।

किनभने सर्पलेमात्रै सर्पको खुट्टा देख्छ भन्ने उक्ति छ र नेपालमा धेरै प्रकारका सर्पहरू यत्रतत्र भेटिन्छन्। अनि सर्पलाई दूध पिलायो भने बिष बन्छ भन्ने मान्यता पनि छ।

वास्तवमा बालेन शाह नेपाली हुन् र नेपालीको हितमा समर्पित हुन् अग्रसर युवा हुन्। काठमाडौँका जनताले उनीमाथि भरोसा थुपरेका छन्।

आफ्नो ‘स्वतन्त्र’विजय सुनिश्चित गर्न भेडाको बथान नछिरेका, अरिँगालका गोला नछोएका, दलको झोला नबोकी आफ्नै ‘लेन’ बनाउन सफल भए बालेन शाह। अब जनताले कार्यसम्पादनमा उनको कसी लगाउने छन्। जिते नायक, हारे खल नायक।

चाहेर पनियति सहजै नेपालको चुनाव जित्न सक्दैन् भनिन्छ! ठुला, ठालु नेताहरूले नै निर्लज्ज सार्वजनिक गरेको तथ्य हो कि मत नोटमा बिक्री हुने प्रवृत्ति हावी हुँदैछ। हिंसा र छल कपटलाई पनि चुनावको अभिन्न अङ्ग बनाइएको छ। यस्तो परिस्थतिमा कसरी बालेन, साम्पाङजस्ता स्वतन्त्र उम्मेदवार न्युन प्रचार र लगनीमा विजयी हुन सकेरु त्यो पनि खोजीको रुची बनेको छ। शिक्षा लिन सकिने नजिर बसेको छ।

अहिलेसम्म पुष्टि भएको तथ्य के हो भने जनता निराश थिए। उनीहरूले ‘लेन’ बदलेर बालेनतिर गए। जो जान पाएनन् तिनीहरूले पनि सत्तामा निरन्तर टाँसिएको असफल पात्र र प्रवृत्तिप्रति खुच्चिङ गरिरहेको आवस्था छ। यति सामर्थ्यले मात्रै स्वतन्त्र उमेदवारलाई चुनावमा जित हात पार्ने शक्तिको जोहोहुन सक्छ र?

त्यसो भए काठमाडौँ वा धरान जस्ता शहरलाई आकर्षणमा परिणत गर्न चाहेको तर सधैँ असफल रहेको मानसिकताले संगठित गरेको शक्तिको विजय हो त? अथवा आफूलाई चलखेल गर्न पनि काठमाडौँको स्तरोन्नति गर्नुपर्नेस जसका लागि पूर्वाधार निर्माण विस्तारमा लगानी र मुनाफाको प्रसस्त सम्भावना देखेको वाह्य शक्तिको समर्थन त थिएन? वा, गणतन्त्रको विकल्प खोज्नेहरू जितको नजिक पुग्न नसकुन भनेर पोरोकिएको हो कि? किनभने नेपाली गणतन्त्रलाई विदेशीले रोपेको काउछो पनि भनिन्छ। यस्ता अनुमान लगाउन नसकिने होइन।

अलि ‘एडभान्स’ अनुमान लगाउँदा सामाजिक सञ्जाल र एलगोरिदमको प्रयोग गरेर ‘मतदाताको व्यवहार परिवर्तन गराउन’ सफल कोही भयो कि? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वेलायत युरोपबाट बाहिरिन गरेको ब्रेक्जिट जनमत संग्रहमा ‘मनिपुलेशन’ गरेको आरोप लागेका क्याम्ब्रिज एनालिटिका कार्यकारी प्रमुख अलेक्जान्डर निक्सले वेलायतको संसदीय समितिमा बयान दिँदै ‘मतदाताको व्यवहार परिवर्तन’ गराउन सकिने उदहारण दिएका थिए।

चुनावहरू सूचना प्रविधिभन्दा बाहिर पनि हुँदैनन्। सामाजिक सञ्जालमा प्रचार–प्रसारको ४८ घण्टे मौन अवधि लागु गर्न नेपालले सक्दैन। भावी निर्वाचन र प्रजातन्त्र सुनिश्चित गर्न सघाउने विषय यो पनि हो।

यस्तो काँचो ‘शङ्काले लङ्का जलाउनु कसैको हितमा छैन। बरूकेही समय कुर्ने धैर्यताले विजेताहरूलाई कामगर्ने विश्वास, वातावरण बन्न सक्छ। जे होस, महानगरपालिका पाँच वर्षसम्म दलका झुण्ड र स्वार्थबाट ’स्वतन्त्र’ रहन सक्ने देखिएको छ।

कसैलाई जिताउँदैमा सुधारको ग्यारेन्टी हुँदैन। त्यो जितमा मतदाताको व्यक्तिगत दायित्व पनि थपिएको हुन्छ। जितेका मानिसलाई मान्यता र दायित्व बाहिर जान नदिएर निरन्तर खबरदारी गर्नु नागरिक दायित्व हो।

बालेनको विजयले सबैलाई होचो बनाइदिएको छ। आफ्नै दलका विजेतालाईभन्दा विजयी स्वतन्त्र उम्मेदवारलाई शुभकामना दिनेको ओइरो लागेको छ।

किनभने नेतृत्वमा व्यक्ति वदलियो, कागजमा शब्द बदलियो, शक्तिको रूप बदलियो तर किञ्चित बदलिएन समाज, प्रवृत्ति, मान्यता र जनजीवन। नेपालीले खोजेको परिवर्तन शब्दमा आयो तर आएन व्यवहारमा? अहिलेसम्म गरेको सम्वृद्धिको यात्रा गन्तब्यहीन भयो, लगानी खेर गयो। दलका कार्यकर्ताले आफ्ना उम्मेदवारलाई कागजमा मतको छाप हानेपनि मनको मत हान्ने अवसर पाएका रहेनछन्।

अमुक दलले जित्दा अर्को समूहले हार्दछ। विजय–पराजयले विभाजनलाई गहिरो बनाउँछ। यो सत्य हो। तर ‘स्वतन्त्र’को जितमा सबै दल, तह र तप्काले मेरो भन्न सक्छ। यो पनि यौटा भाष्य (न्यरेटीभ) हो। यस्ता विविध भाष्य प्रजातन्त्रमा निर्माण हुनसक्छन्। त्यसैले गुनासो प्रजातन्त्रसँग हैन, प्रजातान्त्रिक संस्कार बसाउन नसकेकोमा हो। चिन्ता राजनीतिको होइन, विकृतिको हो।

बालेनले जितिरहँदा काठमाडौँको शासक र कुलिन बर्गलाई चुलिँदो फोहरको चाङले पुर्दै लगेको छ। फोहरको डङ्गुरलाई त्यो वर्गले सडकमा देख्दैन। फोहरको डङ्गुरले बिग्रँदो राजनीति, मान्यता, समाज र पर्यावरणको प्रतिविम्व भएर चुनौती दिँदैछ। मोनोरेलको सपना बेचेर पाँच वर्ष विताएका विद्यासुन्दरले बालेनलाई सडक भरी फोहर उपहार छाडेर गए। विकृतिको चाङ घटाउन शून्यवाट संघर्ष गर्नुपर्ने स्थिति छ।

शेरबहादुर देउवा सरकार केपी वली नेतृत्वको सरकारभन्दा कुनैपनि कारणले फरक देखिन सकेन? बरू स्वभिमान स्खलनमा एक कदम अगाडी देखियो? ‘असंलग्न परराष्ट्र नीति’ मान्दै आएको नेपाललाई संलग्न (पश्चिमा समर्थन) कित्तामा धकेलिदियो। छिमेकी फेर्न नसकिने मान्यतालाई प्रजातान्त्रिक सरकारहरूले मनन् गरको देखिएन। हुँदाहुँदा तेश्रो शक्ति भयङ्कर हिंसाको मानसिकता बोकेर आँगनमै आइसकेको छ। राजनीतिमा मौलाएको यस्तो जमातलाई पनि बालेनहरूको धक्काले थन्क्याउन आवश्यक छ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा जनताले मन र मत दुवै बदल्नुपर्ने संकेत गरेका छन्। असफल पात्र र प्रवृत्तिलाई नेपालको राजनीतिबाट अवकांश दिन काठमाडौँ, धरान र धनगढीलगायतका जनता अग्रभागमा उभिए।

पहिलेका चुनावमा दल र त्यसका उम्मेदवार चर्चाको केन्द्रमा रहने गरेकोमा यस पटक स्वतन्त्र उम्मेदवार र उनीहरूको विजय रह्यो? अझ धेरै चर्चा त काठमाडौँको वस्तिमा तराई मुलका बालेनको शानदार विजयले पाएको छ। शान्ति र मेलमिलापको आवाज वोलिएको छ?

हिजो राजनीतिमा इतिहास भजाएर खान पाइन्थ्यो तर आज ‘डेलिभरी’ दिनै पर्ने मान्यताले आकार बनाउँदै लगेको छ।

बालेनहरूको जितमा जनताले ‘सर्विस डेलीभरी’ को अपेक्षा राखेका हुन्। केही मतदाताले आफ्नो दायित्व पुरा गरेका छन्। परिणाम भविष्यले बताउँला? चितवनका मतदाता परिवर्तनको संवाहक हुनसक्ने अवसरबाट चुकेपनि विधान विपरित अर्को दलको चुनाव चिन्हमा मतदान गर्न आदेश दिने, समर्थन गर्ने जमातले निष्ठामा ‘हथ्यौडा’ प्रहार गरेको छ।

निर्वाचन परिणामले गठवन्धन नगरेको ठाउँमा नेपाली कांग्रेसले धेरै विजय हासिल गरेको देखायो। गठवन्धन गरेर, गराएर शेरबहादुर देउवाले प्रचण्डको खुनी व्यवहारलाई झन् बलियो बनाए। एमसीसी पास गरिदिएको गुन तिरेस तिराइयो? अब यसलाई इतिहासको कठघरामा उभिन दिनु बाहेक विकल्प छैन।

स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवार बालेन शाह, हर्क सम्पाङ र गजेन्द्र हमाल लगायतलाई मत दान गरेर दलीय आतिवादविरुद्ध मतदाता उभिएका छन्। कैयौँ बालेनहरू सफल हुँदा नागरिकको अमन चयन फराकिलो हुनेछ। मुलुक भरका तमाम नवनिर्वाचित पदाधिकारीले असलबाटो र देशको एक मुठ्ठी समात्ने आँट गरुन्। यो बिचलनको बाटो होइन, बरू चलन बसाल्न आतुरहरूको सांकेतिक आवाज हो। रात पर्नु अगावै सुनियोस्?

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्