यौन शोषणबिरुद्ध सिड्नीमा पनि प्रदर्शन

काठमाडौँ – महिलामाथि हुने यौन हिंसामा हदम्याद हटाउन सिड्नीमा रहेका नेपालीहरुले प्रर्दशन गरेका छन्। एनआरएनएको प्रतिनिधि र नेपाली समाजको प्रतिनिधिहरु सहभागीतामा अबर्न पार्क सिड्नीमा प्रदर्शन भएको हो।

केही दिन अगाडि आफूमाथि ७ वर्ष अगाडि भएको यौन शोषणको बारेमा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि बलात्कार हदम्याद सम्बन्धी कानुन संसोधनको आवाज विभिन्न ठाउँबाट उठिरहेको छ। सिङ्नीमा पनि विद्यार्थीहरुले आफूमाथि शोषण भएको सुनाएका थिए।

शोषण जहाँ पनि हुन सक्ने र यस्तो संवेदनशील मुद्दालाई प्राथमिकता दिनुपर्ने उनीहरुले बताएका थिए।

कार्यक्रममा जनचेतना मूलक नाटक प्रस्तुत गरिएको थियो। प्रदर्शनीमा झण्डै ५० जना सहभागी थिए।

तस्बिरहरु – क्षितिज तिवारी

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्