सडक निर्माणका क्रममा विद्युतको पोल ढलेर क्षति

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को मुुसेडी क्षेत्रमा कर्णाली करिडोरको सडक निर्माण गर्ने क्रममा विद्युतको पोल ढलेर विद्युत बिस्तार गर्ने कार्यमा अवरोध आएको छ।

विद्युतका पोलहरु जथाभावी गाड्ने कार्य भएको कारण सडक निर्माणका क्रममा पोलहरु ढलेका हुन्।

खार्पुनाथ गाउँपालिका– ३ का रामबहादुुर बोहराले थाली गाउँको लागि विद्युत बिस्तार गर्नका लागि गाडिएका पोलहरु कर्णाली करिडोरको सडक निर्माणका क्रममा ढलेर समस्या आएको बताए।

विद्युतका पोलहरु गाड्ने क्रममा करिडोरको सडक कताबाट जान्छ भन्ने विद्युत बिस्तारका लागि पोल गाड्ने जिम्मा पाएको निर्माण कम्पनीले ध्यान नदिदा एकातिर विकास र अर्कोतिर विनाशसँगै भएको हो।

उक्त खण्डमा पर्ने सात वटा पोलहरु सडक निर्माणका क्रममा ढलेका छन्। केही पोलबिच सडक निर्माण गर्ने भागमै परेका छन् भने केही सडक भन्दा तल परेको कारण ढुुङ्गा खस्दा ढलेका छन्।

केहीमा भने ढुुङ्गा लागेर क्षेती पुुगेको छ। विद्युतका पोलहरु ढलेपछि हिल्दुुम विद्युत वितरण केन्द्रले यही महिनामा उक्त गाउँमा विद्युत बिस्तार हुन नसक्ने भएको छ।

ढलेका पोलहरु जिम्मा पाएका निर्माण कम्पनीले हिल्सा सिमकोट सडक आयोजनाले निर्माण गर्नुपर्ने अडान राखेको छ। तर आयोजनाले समन्वयननै नगरी गाडिएका विद्युतका पोलमा पुुगेको क्षेतीका लागि केही गर्न नसकिने जनाएको छ।

दुुई निकायको समन्वयमा निर्माण कार्य हुन नसक्दा थाली गाउँका २५० घरधुुरी विद्युत उपभोग गर्न पाउने कार्यबाट बञ्चित हुने भएका छन्।

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्