भालुबाङमा गार्डेन मार्टको १९औं शाखा

दाङ – राप्ती गाउँपालिकाको भालुबाङमा गार्डेन मार्टले आफ्नो १९ औं शाखा सञ्चालनमा ल्याएको छ। शनिबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक विशेष कार्यक्रमबीच मार्टको शुभारम्भ गरे।

मार्ट शुभारम्भको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्टले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न र स्थानीय उत्पादनलाई बजारीकण गर्न मार्टले सघाउने बताए।

शाखा प्रमुख दानबहादुर थापाका अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित यो मार्टमा दैनिक उपभोग्य वस्तु, चामल, चिनी, दाललगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता–कपडा, बालबालिकाका लागि खेलौना उपलब्ध छन्। यसका अलावा महिलाका लागि शृंगारका सामग्री, फ्रिज, वासिङ मेसिन, आइरन, गिजरलगायत विद्युतीय उपकरण मार्टमा उपलब्ध छन्।
भालुबाङमा मार्ट सञ्चालनसँगै सहकारीले आफ्नो २८औं शाखासमेत सञ्चालनमा ल्याएको छ।

मार्ट शुभारम्भको अवसरमा यी सामग्री खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुटसमेत पाउने बताइएको छ। यसअघि नै सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौँडा, बुटबलको योगिकुटीमा, नेपालगञ्जको न्युरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी, डडेलधुरा, दाङको घोराही, बाँकेको चाँदनीचोक, सुर्खेतको मेहलकुनामा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ।

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्