बस सेवामार्फत टिकट काट्दा ज्ञवाली, खड्का र जोशीले पाए सुनको असर्फी

काठमाडौँ – अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्ष्य गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन्।

अनलाइनमार्फत टिकट बुकिङ गर्ने तनहुँका नवीन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्का सुनको असर्फी जित्न सफल भएका हुन्।
यसैगरी २० जना यात्रु क्युएफएक्स् मुभि टिकट जित्न सफल भए भने २७ जनाले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदीमा मोटरबोट टिकट प्राप्त गरेका छन्।

उपहार विजेता बुधवार गोलाप्रथामार्फत चयन गरिएको थियो। गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको फेसबुक पेजमार्फत गरिएको थियो।
बससेवाले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्ष्य गर्दै विशेष अफर सार्वजनिक गरेको थियो।
अफरमा वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवामार्फत टिकट काट्ने यात्रु सहभागी थिए।

बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित विभिन्न अफर सार्वजनिक गर्दै लैजाने जनाएको छ। बससेवा डटकम नेपालको एक मात्र अनलाइन बस टिकटिङ माध्यम हो। बससेवाले नेपालभरका एसी, डिलक्स, हाइसलगायत बसको टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसनसमेत अनलाइनबाटै गर्दै आएको छ।

यात्रुले बससेवा डटकम, बससेवाको मोबाइल एप्लिकेसन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपेलगायत नजिकै रहेका साइबर, कम्युनिकेसन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिनेछ।

 

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्