काठमाडौँ – महिला हिंसाविरुद्ध साक्षर युथ कम्युनिटीले ‘पेन्ट मि रेड’ क्याम्पेन चलाएको छ।‍ शनिबार ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा साक्षर युथ कम्युनिटीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

कार्यक्रममा मुखमा पट्टी बाँधिएकी एक युवतीले आफ्नो शरीरमा रातो रङ पोतेकी हुन्छिन्। उनलाई अन्य व्यक्तिहरुले पनि रातो रंग पोतिरहेको देख्न सकिन्थ्यो। युवतीको शरीरमा रातो रङ पोतेर बलात्कारको सांकेतिक विरोध गरिएको हो।

बलात्कारविरुद्ध जनचेतना जगाउनु ‘पेन्ट मि रेड’ क्याम्पेनको उद्देश्य रहेको आयोजकको भनाइ छ।

उनीहरुले कानुन संशोधन गरेर बलात्कारका मुद्दामा हदम्याद हटाउन पनि माग गरेका छन्।

केही दिनअघि काठमाडौँको वसन्तपुर क्षेत्रमा पनि बलात्कारविरुद्ध यस्तै खालको प्रदर्शन गरिएको थियो।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरुः