बारामा दुई ट्रक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुई ट्रकमध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ।
उपमहानगरपालिकाको वडा नम्बर–२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन्।
हेटौँडाबाट बारा आउँदै गरेको ना ६ ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४२४२ नम्बरको मिनी ट्रक पुलको मोडमा ठोक्किएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा ना ६ ख ३२८६ नम्बरको ट्रकको तार सट भइ जलेर नष्ट भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ।
–न्युज कारखाना