युक्रेनमा परमाणु हतियार प्रयोग नभएको रुसको दाबी

रुसका एक उच्च अधिकारीले यूक्रेनमा रुसले परमाणु हतियार प्रयोग गरेको सम्बन्धि विषयमा आफू विश्वास नगर्ने बताएका छन्।

बेलायतमा बिबिसीसँग भएको कुराकानीमा आन्द्रे केलिनले रुसी सेनाको नियम अनुसार युद्धमा परमाणु हतियारको प्रयोग यस प्रकार गरिने भनेर उल्लेख नै गरिएको छैन।

उनका अनुसार रुसमा परमाणु हतियार प्रयोग गर्नका लागि धेरै नै कडा किसिमको प्रावधान छ, देशको अस्तित्व खतरामा रहे मात्रै रुसले यस्ता हतियार प्रयोग गर्ने बताएको छ।

अहिले भईरहेको युद्धमा यसको परमाणु हतियार सम्बन्धी केही प्रावधान नरहेको बताएका छन्।

फ्रेब्रुअरी महिनाको अन्तिमतीर भ्लादिमिर पुटिनले आफ्नो न्यूक्लियर फोर्सलाई हाई अलर्टमा राखेका थिए। त्यसपछि उनले संसारभरमा त्यसको चेतावनी दिएको सन्देश गएको छ।

रुससँग २ हजार ‘टेक्टिल न्यूक्लियस हतियार’ (सामरिक परमाणु हतियार) भएको अनुमान गरिन्छ।

जेठ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्