किसान हित कोषका जम्मा भएको १० प्रतिशत सरकारले थप्दिने

तस्बिरः बर्षा शाह।

काठमाडौँ – सरकारले आर्थिक वर्ष २०७९/८० मा किसान पेन्सन योजना अन्तर्गत किसान हुनुमा आत्मसम्मान र गौरब वृद्धिका लागि किसानसँग सरकार कार्यक्रममा योगदानमा आधारित किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने भएको छ।

उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने १० प्रतिशत रकमको नेपाल सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइनेछ। कोष स्थापना गर्न प्रारम्भमा बिउ पुँजि मार्फत १ अर्ब रुपैयाँ छुट्याइएको छ। किसान परिचय पत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवाका सहुलियत तथा छुट प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

जेठ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्