प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ विनियोजन

तस्बिरः बर्षा शाह।

काठमाडौँ- सरकारले युवाहरुलाई दक्ष तथा रोजगार बनाउनका लागि संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा सिपमूलक तालिमहरुको आयोजना गर्ने बताएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बताएका हुन्।

सबै बेरोजगार जनशत्तिको क्षमता दक्षता र योग्यता अध्यावधिक हुने गरी तथ्याङ्क लिइने शर्काले बताएका छन्।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरिने उनले बताएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ विनियोजन भएको छ।

जेठ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्