दाङमा ब्राउनसुगरसहित दुईजना पक्राउ

दाङ – दाङमा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्।

जिल्लाको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए।

जिसीको घरबाट अवैध रूपमा ब्राउन सुगरको ओसारप्रसार तथा विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही–१४ निवासी २४ वर्षीय पुजन राज कुँवर र घोराही–१५ निवासी २२ वर्षीय विष्णु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरू दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ।

एसपि काफ्लेका अनुसार लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (६)को २ मा भएको व्यवस्था बमोजिम २५ ग्रामदेखि १०० ग्रामसम्मको परिमाण भए १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख सम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

जेठ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्