बजेट वितरणमूखी भयोः अनिल झा

फाइल तस्बिर।

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल कुमार झाले बजेट वितरणमूखी भएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले यस्तो बताएका हुन्।

आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्ता केन्द्रीत गरेर बजेट ल्याइएको उनले बताए।

उनले भने, ‘यो बजेट वितरणमूखी हो भन्ने मलाई लागेको छ। यो बजेट ६ महिनापछि हुने निर्वाचनमा कसरी आफूलाई र आफ्नो कार्यकर्ताहरुलाई इन्गेज गर्न सकिन्छ? दुई, चार लाख कार्यकर्तालाई कसरी यसबाट केही चिज वितरण गर्न सकिन्छ भन्ने प्रकारले बनाइएको बजेट मैले बुझेको छु। मनसुन आउन लागेको छ। नदी नियन्त्रणको बारेमा, तटबन्ध मर्मतको बारेमा, बाँधलाई पुनर्निर्माण गर्नेबारेमा न त अहिले त्यो काम चालु आर्थिक वर्षमा भइरहेको छ, न त अब भविष्यमा त्यसलाई मजबुतीका साथ बनाइन्छ भन्ने यो बजेटले अनुभुति दिन सकेको छैन। जुन अत्यन्तै आपत्तिजनक छ।’

जेठ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्