नागरिकलाई शिक्षित र दीक्षित बनाउन जोड गरौँ : माओवादी सांसद कार्की

फाइल तस्बिर
काठमाडाैँ नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्कीले नागरिकलाई शिक्षित र दीक्षित बनाउन जाेड दिनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नागरिकलाई शिक्षित र दीक्षित बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका हुन्।
सांसद कार्कीले भने, ‘नेता र कर्मचारीमात्रै विदेश घुमेर हुँदैन। शिक्षकहरूलाई पनि विदेश घुम्न, तालिम लिन पठाऔँ। पार्टीको कामबाहेक शिक्षकलाई अन्य काम लगाएका छैनौँ। नागरिकलाई शिक्षित र दीक्षित बनाउन जाेड गराैँ।’
सांसद कार्कीले लेख्नको लागि योभन्दा धेरै राम्रो बजेट ल्याउन सक्ने तर कार्यान्वयन गर्ने गरी बजेट ल्याएको उनको भनाइ छ।
यसैगरी, उनले कृषि र शिक्षामा राम्रो बजेट गएकोले सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।