भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिन्छ : विनोद चौधरी

फाइल तस्बिर

काठमाडाैँ- नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले यस्ताे बताएका हुन्।

सरकारले पूर्वपश्चिम राजमार्ग चारलेनको बनाउने बजेट ल्याउनु सकारात्मक भएको भन्दै उनले प्रदेश सरकारलाई जिम्मेवार र अधिकार दिनुपर्ने बताए।

स्थानीय तहकै कारण कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलता हात लागेको बताउँदै सांसद चाैधरीले आर्थिक विकास र बेरोजगार कम गर्न प्रदेशलाई जिम्मा दिनुपर्ने बताए।

जेठ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्