कामु प्रधानन्यायाधीश कार्की बुधबार हुम्ला आउँदै

सिमकोट – सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्की पहिलो पटक हुम्ला आउन लागेका छन्। उनी बुधबार (जेठ १८ गते) हुम्ला आउन लागेका हुन्।

हुम्लाका जिल्ला न्यायाधीश जगतबहादुर पौडेलका अनुसार प्रधानन्यायाधीश कार्की जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्न हुम्ला आउन लागेका हुन्।

दुईदेखि तीन घण्टा कामु प्रधानन्यायाधीश कार्की जिल्लामा रहने कार्यक्रम रहेको उनले जानकारी दिए। बिहान साढे आठ बजे उनी हुम्ला आउने र त्यसलगत्तै भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

भवन उद्घाटन कार्यक्रमपछि उनले जिल्ला अदालतको अनुमगन तथा निरीक्षणसमेत गर्नेछन्। हुम्लाको कार्यक्रमपछि उनी जुम्ला जिल्लाको उच्च अदालतको निरीक्षण गर्नेछन्। त्यसपछि दिउसो नेपालगंज फर्कने कार्यक्रम रहेको छ।

आज भने उनले डोल्पा र मुगु जिल्ला अदालतको निरीक्षण गरेका छन् भने मुगुमै बास बस्ने छन्। सर्वोच्च अदालतबाट उच्च तहको निरीक्षण भ्रमण हुम्लाका लागि भने पहिलो पटक हो। उनी हेलिकप्टरमा हुम्ला आउन लागेका हुन्।

जेठ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्