कामु प्रधानन्यायाधीश कार्की हुम्लामा

सिमकोट – सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की हुम्ला आइपुगेका छन्। कार्कीसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा मुगुबाट हुम्ला आएको हो।

कामु प्रधानन्यायाधीश कार्की हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटनका लागि हुम्ला आएका जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जानकारी दिए।

उनी दुईदेखि तीन घण्टा जिल्लामा रहने कार्यक्रम हो। भवन उद्घाटनपछि उनले जिल्ला अदालतको अनुगमन तथा निरीक्षण गर्नेछन्।

हुम्लाको कार्यक्रम सकेर कार्की जुम्ला उच्च अदालतको निरीक्षणका लागि जानेछन्। त्यसपछि  आजै उनी नेपालगञ्ज फर्किने छन्।

कामु प्रधानन्यायाधीश कार्कीले मंगलबार डोल्पा र मुगु जिल्ला अदालतको निरीक्षण गरेका थिए।

जेठ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्