यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरीकाे लेक लागेर मृत्यु

सांकेतिक तस्बिर।

सुर्खेत – यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीकाे लेक लागेर मृत्यु भएको छ। मुगुकाे कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो।

मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या भएर सिंहलाई अन्य प्रहरीले उद्धार गरी सीमा प्रहरी चौकी मुगु ल्याएका थिए। बुधबार बिहान हेलिकाेप्टरमार्फत उद्धार गरि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइएकोमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

सहायक प्रहरी हवल्दार सिंहको घर बाँके कोहलपुर नगरपालिका–११ हाे। उनी ०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई ०७७ सालदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।

जेठ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्