काठमाडौँ – वर्षा र सहकालका देवता रातो मन्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ।

रथलाई लगनखेलबाट जावलाखेल तान्नका लागि ज्योतिषहरुले आजको साइत निकालेका थिए। ज्योतिषको साइतअनुसार नै बुधबार रथ जावलाखेल पुर्‍याइएको हो। अब जेठ २१ गते रातो मछिन्द्रनाथको भोटो देखाइने छ।

वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुनेगर्छ।

भोटो जात्रापछि रथलाई खटमा राखेर बुङमती लगिने छ भने मीननाथलाई खटलाई राखेर टंगाल लगिनेछ।