काठमाडाैँ- काठमाडाैँका सडक तथा गल्लीमा फाेहाेरकाे थुप्राे देख्न सकिन्छ। नुवाकाेट सिसडाेलवासीले फाेहाेर फाल्न नदिएपछि काठमाडाैँमा फाेहाेर थुप्रिएकाे हाे।

फाेहाेरले गर्दा बाटाेमा हिँड्नसमेत निकै गाह्राे भएकाे छ। यसका साथै राेगव्याधि फैलिने डर पनि रहेकाे छ।

सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियाे।

तर, आज स्थानीयवासीले  यसअघि गरिएका सम्झौताकाे पूर्ण कार्यान्वयन भएपछि मात्र फोहाेर लान दिने भन्दै अवराेध गरेका थिए।

काठमाडाैँकाे वसन्तपुर र लगनखेलमा थुप्रिएकाे फाेहाेर :