आज प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम

काठमाडौँ – दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९र८० का लागि बुधबार नीति तथा कार्यक्रम ल्याउँदैछन् । प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् ।

प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

लुम्बिनी प्रदेश बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा कार्यक्रममा जुटेका हुन् ।

जेठ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्