अर्थमन्त्री र गभर्नरबीच मौद्रिक नीतिबारे छलफल

काठमाडौँ – अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल भएको छ।

बुधबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री जर्नादन शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीच आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताएका थिए। गभर्नर अधिकारीले बजेटलाई समर्थन हुने गरी मौद्रिक नीति आउने बताएका छन्।

अर्थ मन्त्रालयका अनुसार छलफलमा अर्थ सचिव तथा सहसचिवहरु समेत सहभागी थिए। आगामी आर्थिक वर्ष सुरु हुनु अगाडि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ।

 

 

 

जेठ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्