त्रिविमा फेरि दोहोरियो प्रश्न पत्र

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयमा पुनः अघिल्लो वर्षबकाे सँग प्रश्नपत्र हुबहु जुधेको छ।

बुधबार भएको राजनीतिशास्त्र एमएको परीक्षामा अघिल्लो वर्षकै प्रश्नपत्र दोहोरिरएको हो।

यसै हप्ता स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र पनि अघिल्लो वर्षसँग हुबहु मेल खाएको थियो।

उक्त प्रश्नपत्रबारे त्रिविले छानबिन अघि बढाइरहेका बेला बुधबार राजनीतिशास्त्रको पनि प्रश्नपत्र अघिल्लो वर्षसँग मेल खाएको हो।

जेठ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्