जिसस प्रमुखका लागि दुई जनाको उम्मेदवारी, उपप्रमुख निर्विरोध

नेपालगञ्ज – जिल्ला समन्वय समितिको प्रमुखमा दुई जनाको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र जनता समाजवादी ९जसपा० का उमेशकुमार कुर्मीले प्रमुखमा उम्मेदवारी दिएका हुन्।

कांग्रेसका चौधरी यसअघि उपप्रमुख थिए। चौधरी डुडुवा गाउँपालिका– १ का सदस्य हुन्। कुर्मी जानकी गाउँपालिका–३ का सदस्य हुन्।

उपप्रमुखमा कांग्रेसकी सीता कार्कीको मात्रै उम्मेदवारी परेको छ। एक जनाको मात्रै उम्मेदवारी परेपछि कार्की निर्विरोध भएकी छन्।

दलित अल्पसंख्यक सदस्यमा जगदीश वाल्मीकि, खुल्लद सदस्यमा उदयनारायण मिश्र, जुल्फेकार अलि मनिहार, सन्तकुमार थारु निर्विरोध भएका छन्। तीन जना महिला सदस्यका लागि चार जनाको उम्मेदवारी परेको छ।

२७ गते चुनावको मिति तय गरिएको छ। जिल्ला समन्वय समितिमा कांग्रेसको स्पष्ट बहुमत छ। आठ वटा पालिकाका प्रमुख र उपप्रमुखले जिल्ला समन्वय समितिमा मत हाल्न पाउँछन्। त्यसमा कांग्रेसका १२ जना छन्। जसपाका तीन जना र माओवादीका एक जना छन्।

जेठ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्