आगामी निर्वाचनमा गाउँमै मतदान केन्द्र ल्याउँछुः धनवीर बुढा

सिमकोट – सिंगो मासरपुर गाउँबाट पहिलो जनप्रतिनिधि चुनिएका धनवीर बुढाले आफ्नो पहिलो काम आगामी निर्वाचनमा गाउँमै मतदान केन्द्र ल्याउने हुने बताएका छन्।

दश घण्टाभन्दा बढी समय हिँडेर मतदान गर्नुपर्ने बाध्यताबाट मतदातालाई छुट्कारा दिन प्रयास गर्ने उनले बताए।

यस पटकको निर्वाचनमा मासपुरवासीले १३ घण्टा हिँडेर मतदान गरेका थिए।

त्यसैगरी, मासपुुरका आवाज पहिलो पटक गाउँ सभामार्फत गाउँपालिका र अन्य निकायमा पु¥याउने भन्दै उनले हाल तीन कक्षासम्म अध्ययन हुने बानादेब आविलाई कक्षा पाँचसम्म पु¥याउन पहल गर्ने बताए।

माथिल्लो कक्षा नहुँदा कक्षा तीन अध्ययन गरेका कतिपय बालबालिकाले पढाइ नै छाड्नुपरेको स्थानीयको दुखेसो छ।
त्यसैगरी, जनशक्ति, उपकरण र औषधिसहितको स्वास्थ्य संस्था स्थापना गर्न उनले पहल गर्नुपर्ने बाध्यता रहेको बताए।

खानेपानी, सिँचाइ, काठेपुल बाटो निर्माणका लागि पनि गाउँपालिकालाई घचघच्याउन उत्तिकै चुुनौती छन्। हालसम्म गाउँपालिका, प्रदेश र संघीय सरकारबाट मासपुुरका लागि विकासे योजना बिरलै आउने गरेको जानकारी दिँदै उनले अब सबैतिर आफ्ना समस्या राख्ने बताए।

ताँजाकोट गाउँपालिका–३ को दुुर्गमको मासपुुर गाउँले हालसम्म भएको स्थानीय तह निर्वाचनमा पहिलो पटक जनप्रतिनिधि पाएको हो।

स्थानीयले यस पटक जसरी पनि मासपुरका लागि वडासदस्य पद चाहिने अड्डी लिएपछि नेकपा माओवादी केन्द्रबाट टिकट पाएर सदस्यमा निर्वाचित भएका हुन्।

उनी ४४६ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका रामबहादुुर थापाले २८६ मत ल्याएका थिए।

उनलाई टिकट दिएको दल माओवादी केन्द्रले भेग क्षेत्र र समावेशी रुपमा जनप्रतिनिधि ल्याउने उद्देश्यले मासपुर गाउँलाई जनप्रतिनिधि पार्टीले भूमिका खेलेको जनाएको छ।

वडा सदस्य बुढाले आफू नै मासपुर गाउँको पहिलो निर्वाचित जनप्रतिनिधि भएको भन्दै यसअघि मासपुरवासीको भोट मात्र हाल्ने काम हुने गरेको बताए।

जेठ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्