नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडाैँ- वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।

इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिए।

पहिराकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना-४ स्थित नाग्दीखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले बताए।

जेठ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्