जनताले विश्वास गरेका छन्, जनताकाे अझ बढी विश्वास जितेर काम गर्नुहाेस् : प्रकाशमान सिंह

काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन्।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्ताे सुझाव दिएका हुन्।

उनले भने, ‘जनताले विश्वास गरेका छन्। जनताको अझ बढी विश्वास जितेर काम गर्नुहाेस्। आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नुहाेस्।’

काठमाडौँ महानगरपालिकामा मेयर पद नजिते पनि ३२ मध्ये १९ वटा वडामा जितेको बताउँदै नेता सिंहले चुनाव फेरि-फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए।

उनले भने, ‘मलजल गर्‍याे भने नेपाली कांग्रेस अझ राम्रो हुन्छ। पार्टी र संगठनलाई केन्द्रमा राखेर काम गर्नुहाेस्।’

पार्टीका नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतले गरेको त्याग र योगदानलाई नबिर्सन पनि नेता सिंहले सुझाव दिए।

जेठ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्