यूएईएफए नेसन्समा स्पेनको पहिलो जित

स्वीजरल्यान्डलाई १–० अन्तरले पराजित गर्दै स्पेनले यूएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ।

शुक्रबार रातिको जितसँगै समूह ए–२ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको हो।

भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे।

उनले १३औँ मिनेटमा मार्कोस लोरेन्टेको पास सदुपयोग गरे। बाँकी समयमा दुवै टोलीले गोल गर्न नसक्दा स्पेनले १–० को जित पायो।

प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

यता, पराजित स्विजरल्यान्ड तीन खलबाट बिना कुनै अंक पुछारमा छ।

जेठ २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्