काठमाडाैँ – आज विश्व बालश्रमविरुद्ध दिवस।

हरेक वर्ष जुन १२ मा विश्वभर बालश्रमविरुद्ध दिवसकाे रूपमा मनाउने गरिन्छ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ।

यसैक्रममा काठमाडाैँस्थित हनुमानढाेका दरबारस्क्वायरमा सडक नाटककाे आयाेजना गरिएकाे छ। नाटक सरस्वती बहुमुखी क्याम्पसले नाटककाे आयाेजना गरेकाे हाे।

बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ बाट १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ।