काठमाडौँ – आज बालश्रम उन्मूलन दिवस। हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम उन्मूलन दिवसको रुपमा मनाउने गरिन्छ।

नेपालमा पनि आज विविध कार्यक्रम गरी बालश्रम उन्मूलन दिवस मनाइँदै छ।

विभिन्न संघ संस्थाहरुले बालश्रम उन्मूलन दिवस मनाइरहँदा बालश्रम गरिरहेका कैयौँ बालबालिकालाई भने दिवसले छुन सकेको छैन।

उनीहरु आज पनि काम गरिरहेको अवस्थामै देख्न सकिन्छ। त्यस्तै बालबालिकामध्येकी एक हुन् ९ वर्षीया भावना वम।

भावनाको घर जुम्ला हो। अहिले उनी काठमाडौँको मरुहिटीमा आमासँग बस्दै आएकी छन्। अरुणोदय आधारभूत विद्यालय कक्षा ३ मा पढ्ने भावना बालश्रम उन्मूलन दिवसकै दिन काठमाडौँको वसन्तपुरमा पानी बेच्दै गरेको अवस्थामा भेटिइन्।

उनकी आमा वसन्तपुरमा परेवालाई खुवाउने चारो बेच्छिन्। भावना पनि आमालाई सघाउँछिन्।

घरमा एक छाक खाना जुटाउनका लागि आफूले पानी बेचिरहेको भावनाले बताइन्।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठको फोटोकथाः