दाङ – कोखिलामा नानी लिएर पधेरा पुगेकी रविना जरुवामा भएको पानी बटुकोले उभाउँदैछिन्। उनको दिनचर्या पछिल्लो समय यसरी नै बित्ने गरेको छ।

पानी संकलनको लागी बनाइएको सानो पोखरीमा पानी छैन् । त्यसको छेउँमा एउटा सानो जरुवा छ । जरुवामा पानी थोपा थोपा गरेर संकलन भइरहेको छ । थोपाबाट संकलन भएको पानी बटुकोको साहेताले गाग्री र जर्किनमा भर्न रविना खातुनलाई कम्तिमा दुई घण्टा लाग्छ ।

‘पानीको दुःख त कती हो कती छ । के भनौं’ उनले भनिन् – ‘एक गाग्री पानी भर्न मलाई दुई घण्टा लाग्छ । पानी नहुदा हामीलाई छटपटी भएको छ ।’

मान्छेले मात्रै होइन, पशु चौपायाले समेत राम्रोसँग प्यास मेट्न पाएका छैनन् । राप्ती गाउँपालिका वडा – ९ मुस्लिम टोलमा खानेपानीको चरम अभाव भएको हो । स्थानीयले एक गाग्री पानी भर्न पनि लामो समय पँधेरामा बस्नु पर्ने बाध्यता भोग्दै आएका छन् । मुस्लिम वस्ती पहाडी क्षेत्रमा पर्छ ।

पानीको दुःख भएपछी ट्याक्टरको ट्रालीमा ठूला डरममा पानी बोकेर समेत गाउँलेले खाए । अहिले पनि उस्तै समस्या छ । पानीको मुल सुक्दै गएको छ । जसले गर्दा पानीको चरम संकट व्यहोर्नु परेको छ । जिल्लाका पहाडी वस्तीमा हरेक वर्ष पानीको दुःख यसैगरी बल्झिने गर्छ । गर्मि मौसममा पानीका मुलहरु सुकेकाले खानेपानीको चरम अभाव भएको हो ।

मुस्लिम बस्तीका छिमेकी गाउँ देवीकोटमा पानीको धारा भर्खरै वितरण भएको छ । तर, ६५ घरधुरी रहेको मुस्लिम बस्तीमा अझैं पानीको धारा वितरण हुन नसकेको हो । जसले गर्दा स्थानीयले पानीको निकै सास्ती खेप्नुपर्ने बाध्यता छ ।

घरमा आउने पाहुनालाई पानी खान दिन समेत दुःख रहेको स्थानीय सुनिता मियाले बताइन । ‘कोही मान्छे पानी खोज्दै घरमा आयो भने पानी खुवाउन सक्ने अवस्था छैन । पानीले पाहुना बोलाउन पनि सकिदैन’ उनले भनिन् – ‘घर छेउँमा पानी छैन् । दुई घण्टाको बाटो हिडेर पानी ल्याउनुपर्छ ।’

एक घर एक धाराको अभियान गाउँमा पुग्न सकेको छैन् । स्थानीय निर्वाचनमा पानी पुर्‍याउने प्रतिवद्धता गरेका जनप्रतिनिधिलाई स्थानीयले पानीको धारा पुर्‍याउन माग गरेका छन् । स्थानीय सवुना खातुनले पानीको धारा सकेसम्म घर घरमै पु¥याउन अनुरोध गरेको छ।

‘हामीलाई त सुरुमा पानीनै चाहियो । चुनावको बेलामा धारा दिन्छौं, पानी ल्याउछौं भन्थे । अब कहिले आउछ धारा र पानी’ उनले भनिन्– ‘पानीले दुःख भयो । न यो वस्ती छोडेर अनेत्र जान सकिन्छ । न पानी नै पाईन्छ ।’

पानीको चरम दुःख भोगेका पहाडी बस्तीका नागरिकलाई एक घर एक धारा अन्तरगत खानेपानी पु¥याउनु पर्ने दायित्व सरकारको हो । स्थानीय सरकारले पानीको लागी मुलको खोजी भइरहेको बताएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मुस्लिम बस्तीमा पानी पुर्‍याउन योजना सञ्चालन हुने बताए ।

‘विगतका तुलनामा पहाडी वस्तीमा पानीको धारा वितरण भइरहेका छन्’ उनले भने – ‘देविकोटमा धारा पुगीसक्यो । छेउँको वस्तीमा पुर्‍याउन खोज्दैछौं ।’ देविकोटमा सोलारबाट पानी लिफ्टीङ्ग गरेर वितरण गरिएको छ । यसैगरी अन्य वस्तीमा पानी पुर्‍याउने योजना सुनाए ।

जेठ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्