काठमाडौँ – पाटनका पहिलो स्वतन्त्र राजा सिद्धिनरसिंह मल्लको राजगद्दीलाई पाटन दरबार स्क्वाएरमा सर्वसाधारणलाई देखाइएको छ।

हरेक वर्षको जेठ पूर्णिमामा सर्वसाधारणलाई देखाइने उनको यो राजगद्दीलाई अन्य समयमा भने मल्ल दरबारभित्र राख्ने गरिन्छ।

सिद्धिनरसिंह मल्लको तस्बिर सार्वजनिक गर्नाले पानी पर्दछ भन्ने जनविश्वास रही आएको छ।

यसै जनविश्वासका आधारमा यो समयमा आकाशे पानीको जरुरत पर्ने हुँदा उनको राजगद्दीलाई सर्वसाधारणले देख्नमिल्ने गरी राखिएको हो।

तत्कालिन राजा सिद्धिनरसिंह मल्लले वि.सं. १६७६ को आश्विन २७ गते विजया दशमीको दिन ललितपुर राज्यको राजाको रूपमा विधिपूर्वक राज्याभिषेक गरेको थिए।