बन्द हुँदै छ इन्टरनेट एक्स्प्लोरर

२७ वर्ष पुरानो वेब ब्राउजर इन्टरनेट एक्स्प्लोरर बन्द हुने भएको छ । यो वेब ब्राउजर आगामी बुधबारदेखि सधैँका लागि बन्द हुने माइक्रोसफ्टले जानकारी दिएको छ।

सन् १९९० र २००० को काे दशकमा इन्टरनेटमा प्रवेश गर्न प्राय: मानिसहरू इन्टरनेट एक्स्प्लोरर प्रयोग गर्थे ।

पछिल्लो समय विन्डोजमा अन्य ब्राउजर इन्स्टल गर्न इन्टरनेट एक्स्प्लोरर प्रयोग गर्ने गरिएको थियो । विन्डोज टेनबाट भने माइक्रोसफ्ट एजले एक्स्प्लोररको स्थान लिएको थियो । इन्टरनेट एक्स्प्लोरर बन्द भएपछि यसमा चल्ने वेबसाइट र एप्लिकेसनहरू अब एजमा हेर्न सकिनेछ ।

फायरफक्स, गुगल क्रोम, माइक्रोसफ्ट एज, सफारी र ओपेराले अहिले वेब ब्राउजरको काम गरिरहेका छन्।

जेठ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्