फोटो फिचर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनापछि गरिने उद्धारको पूर्वाभ्यास (तस्बिरहरु)

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनापछि गरिने उद्धार कार्यको पूर्वाभ्यास गरिएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको समन्वयमा बुधबार उक्त उद्धार पूर्वाभ्यास गरिएको हो। जहाँ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाका उद्धारकर्ताहरु सहभागि थिए।

विमान दुर्घटना भएमा कसरी मानवीय उद्धारलाई प्रभावकारी बनाउने भन्नेबारे रिहर्सल गरिएको थियो। त्यसक्रममा विमान दुर्घटना भएर आगलागी भएको र उद्धारकर्ताहरु उद्धारका लागि खटिएको पूर्वाभ्यास गरिएको थियो।