सुदूरपश्चिम सरकारले ल्यायो पौने ३७ अर्ब बराबरको बजेट

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
सुदूरपश्चिम प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री प्रकाश रावलले सो बजेट विनियोजन गरिएको बताए।

जसमा चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात् ३३ दशमलव ४६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात् ६५ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यस्तै, अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४९ लाख अर्थात् ३ दशमलव ७३ प्रतिशत बजेट विनियोजन गरिएको बताए।

बजेटमा सुदूरपश्चिममा सडक पूर्वाधारका लागि ५ अर्ब ६० करोड, सहिद परिवार ता जनयुद्ध प्रभावितका लागि १२ करोड, मल खरिद गर्न १ करोड,खानेपानी संरचना निर्माण गर्न १ अर्ब ६७ करोड, स्वास्थ्य क्षेत्रमा १ अर्ब ६ करोड बजेट बिनियोजन गरिएको आर्थिक मामिलामन्त्री रावलले प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि एक अर्ब २३ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ। शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण र शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमअन्तर्गत उक्त बजेट विनियोजन भएको हो।

सेती, महाकाली र कर्णलीमा जल यातायात सञ्चालन गर्न आवश्यक बजेट, सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष बाढी–पहिरोबाट प्रभावित क्षेत्रका लागि विशेष बजेट विनियोजन गरेको छ।

गत वर्ष वर्षाले विभिन्न संरचनमा क्षति पुर्‍याएको भन्दै ती संरचनाको एकीकृत पूर्वाधार निर्माण एवं पुनःस्थापना गरी पीडितको संरक्षण र सम्भावित जोखिम न्यूनीकरण गर्न ६९ लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ।

सञ्चार क्षेत्रको विकासका लागि १ करोड २० लाख विनियोजना गरिएको छ। यसअघि सञ्चालन गरिँदै आएको प्रदेश पूर्वाधार विकास कार्यक्रम भने खारेज गरिएको छ।

असार १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्