
जनकपुरधाम – जिल्ला समन्वय समिति महोत्तरीको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी र उपप्रमुखमा नेकपा र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
बुधवार आएको निर्वाचत मत परिणाम अनुसार प्रमुखमा लोसपाका सुमन कुमार लाल कर्ण निर्वाचित भएका छन् । उनले १६ मत ल्याएका थिए।
यस्तै , उपप्रमुखमा नेकपा एमालेका नन्दु महरा गोला प्रथाबाट निर्वाचित भएका हुन् । उनी र नेपाली कांग्रेसका धमेन्द्र कुमार यदवले समान १५ मत ल्याएपछि गोलाप्रथाबाट महरालाई निर्वाचित घोषणा गरिएको हाे।
यस्तै सदस्यमा स्वतन्त्रबाट हरीप्रसाद गौतम, श्याम कुमार तामाङ्ग र लोसपाका सरयुग यादवले समान १५/१५ मत ल्याएर निर्वाचित भए ।
यस्तै महिला सदस्यमा तराइ मधेश लोकतान्त्रिक पार्टीकी जैसो देवी गोलाप्रथाबाट निर्वाचित भएकी छन् । उनले १४ मत ल्याएकी थिइन् भने लोसपाकी रिता देवी र एमालेकी लक्ष्मी कुमारी परियारले समान १५/१५ मत ल्याएर निर्वाचित भइन् ।
दलित वा अल्पसंख्यक सदस्यमा लोसपाका राम लखन पजियार निर्वाचित भए । उनले १५ मत ल्याएर निर्वाचित भए ।