कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

सांकेतिक तस्बिर।
कैलाली – कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्।
ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको छ।
चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।