रवि लामिछाने काठमाडौँबाट चुनाव लड्ने, बिदा भए ‘ग्यालेक्सी फोर के’बाट

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछानेले आफू कार्यरत् टेलिभिजन ग्यालेक्सी फोर केबाट बिदा लिएका छन्।

ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्।

उनले संघीय निर्वाचनमा काठमाडौँको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने जानकारी गराउँदै आज बिहीबार राजीनामा दिएर आधिकारिक रूपमा टेलिभिजनबाट बाहिरिएका हुन्। यद्यपि, उनी कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने हालसम्म खुलेको छैन।

लामो समयदेखि सञ्चारक्षेत्रमा कार्यरत लामिछाने हालसम्म कुनै दलमा आवद्ध छैनन्। यसअघि उनी राप्रपामा आवद्ध हुने चर्चा चलेकाे थियाे।

असार २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्