काठमाडाैँ- महिला उत्पीडनविरुद्ध खबरदारी आन्दाेलन भएकाे छ।

आजाद माेर्चाले काठमाडाैँस्थित माइतीघर मण्डलामा खबरदारी आन्दाेलन गरेकाे हाे।

आन्दाेलनमा ‘तिम्राे संस्कार माइ फुट’, ‘सम्पादकज्यू के तपाईंकाे न्युज रुम सुरक्षित छ?’, ‘प्रिन्सिपलज्यू के तपाईंकाे कलेज सुरक्षित छ?’, ‘पचास वर्ष नै हाेस् तर सजाय पाउनैपर्छ’, ‘संगठित प्रतिराेध जनताकाे अधिकार’, ‘दिनकै हत्या दिनकै बलात्कार हिंस्रक कसरी कलाकार?’जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरिएकाे थियाे।

आन्दाेलनमा गीत तथा कविताकाे प्रस्तुतिका साथै सडक बहस तथा पफर्मन्स आर्ट्सकाे पनि आयाेजना गरिएकाे थियाे।