‘सफलताका सूत्र’ बजारमा

काठमाडाैँ- साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निबन्ध संग्रह ‘सफलताका सूत्र’ लोकार्पण भएर बजारमा आएको छ।

दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति हिजाे शनिबार प्रज्ञा भवनमा लोकार्पण भएको हो।

प्रमुख अतिथि नेपाली भाषा साहित्यका मूर्धन्य प्रा. डा. वासुदेव त्रिपाठी, नेपाली भाषा साहित्यका प्रखर विद्वान प्राध्यापक गोपी कृष्ण शर्मा, प्रा. डा. भागवत ढकाल, प्राज्ञ दिनेशराज पन्त, कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, योजना आयोगका सचिव केवल प्रसाद भण्डारी, पूर्व सचिव शंकर प्रसाद पाण्डे र दायित्व वांगमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले संयुक्तरूपमा लोकार्पण गरेका थिए।

यसभन्दा अगाडि पनि दम्पतिद्वयको संयुक्त प्रयासमा प्रकाशित ‘आफ्नो किताब, ऊर्जा, रहस्य;जीवन र प्रेम’ कृति सफलताको पृष्ठपोषण पाएकोले लेखनप्रति अरू उत्साह थपिएकै कारण पुनः ‘सफलताका सूत्र’ कृति रचना हुन पुगेको लेखकद्वयको भनाइ छ।

असार ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्