भरतपुर महानगरको काम हेर्न पोखराका मेयरसहितको टोली चितवनमा

पोखरा – पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ।

भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो। दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ।

भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए। दुवै नगरले पर्यटन प्रवर्द्धन र अन्य विकासका काममा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले दुई नगरबीचको सहकार्यलाई अझै प्रगाढ र निरन्तर बनाउनुपर्ने बताए।

‘भगिनी सम्बन्ध गाँसिएको छ। यसलाई औपचारिकतामा मात्रै राख्नु हुन्न,’ उनले भने, ‘एकआपसका असल अभ्यास शेयरिङ गर्नुपर्छ। पर्यटनमा सहकार्य हुनुपर्छ।’

दुवै नगरले आफ्नो क्षेत्रमा आएका पर्यटकलाई अर्को सहरमा पठाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।

असार ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्