न्यायाधीश कोइरालामाथि छानबिन गर्न परिषदले गठन गर्यो समिति

काठमाडौँ – घुस काण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न न्याय परिषदले समिति गठन गरेको छ।

बुधबार आकस्मिक रुपमा बसेको परिषदको बैठकले न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

परिषद स्रोतका अुनसार छानबिन समितिमा उच्च अदालतका न्यायाधीशहरु महेश शर्मा पौडेल र महेश पुढासैनी सदस्य छन्।

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन अधिवक्ता रुद्र पोखरेलसँग न्यायाधीश कोइरालाले घुस लेनदेनका लागि गरेको टेलिफोन संवाद बाहिरिएपछि परिषदे छानबिन अघि बढाएको हो।

छानबिन प्रक्रिया अघि बढेसँगै न्यायाधीश कोइरालालाई नियमित काममा रोक लगाइएको छ।

तामाङलाई धरौटीमा छुटाउन पोखरेले २ करोडको डिल गरेको अडियो सार्वजनिक भएको छ। तामाङविरुद्ध करोडौँ रुपैया ठगी गरेको अभियोग लागेको छ।

उनले सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप हिनामिना गरेको अभियोगमा पुर्पक्ष थुनामा छन्।
न्यायाधीश कोइराला र अधिवक्ता पोखरले छानबिनका लागि सहयोग गर्ने बताएका छन्।

पोरखेलमाथि कारबाही गर्न नेपाल बार एशोसियनले बार काउन्सिललाई आग्रह गरेको छ। बार काउन्सिलले पनि पोखरेलमाथि कारबाही गर्ने तयारी गरेको छ।

असार ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्