सरकारी बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

सांकेतिक तस्विर

सुर्खेत- सुर्खेत-दैलेख सडक खण्डको कपासेनजिकै सरकारी बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक भएको पनि प्रहरीले जानकारी दिएको छ।

घटनामा ज्यान गुमाउने तथा घाइतेहरुको पहिचान खुल्न सकेको छैन।

असार ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्