भारतमा एकैदिन थपिए १२ हजार भन्दाबढी कोरोना संक्रमित

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२ हजार २४९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ।

भारतमा बुधबार कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ।

कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन्।

राष्ट्रिय कोरोना संक्रमणमुक्त दर ९८ दशमलब ६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्