
काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले आज ६५ औँ वार्षिकोत्सव मनाउँदैछ।
कमलादीस्थित प्रतिष्ठानकै प्रज्ञा समप्रेक्षालयमा हुने सो वार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय कविता महोत्सव पनि हुनेछ।
आज बिहान १०ः३० बजेदेखि सुरू हुने सो कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने प्रज्ञा प्रतिष्ठानले जनाएको छ।