मोहितवंश र मेलिनाको ‘भटक भटक’ मा नाजीर र आश्मा

काठमाडौँ – मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ।

सरोज ओलीको शब्द सृजना र दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो।

भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन्।  भूपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर छ।

भिडियो लिंक : https://www.youtube.com/watch?v=ZX1arcI1_D0

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्